नियम
दर्ताको लागि दरखास्त
(१) ऐन प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न रहेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ ।
(२) ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार शुरु गर्नुभन्दा अघि सम्बन्धित कर अधिकृत समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम दर्ताको लागि दरखास्त दिने व्यक्ति साझेदार भएमा अनुसूची–१ बमोजिमको ढाँचामा साझेदारीको पूर्ण विवरण समेत दरखास्तसाथ संलग्न राखी पेश गर्नु पर्नेछ ।